श्री भगवती माध्यमिक विद्यालय अर्घाखाँची जिल्ला भूमिकास्थान ९ डेभामा रहेकाे सामुदायिक विद्यालय हाे । स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, अभिभावक र समाजसेवीकाे सक्रियतामा तत्कालिन समयमा स्थानीय स्तरमा एउटा विद्यालयकाे आवश्यक्ततालाई महसुस गरी वि सं २०१९ सालदेखि प्राथमिक तह, २०३४ सालमा निम्नाध्यमिक तह गरी २०५३ सालमा माध्यमिक तह सञ्चालन गर्ने अनुमति पाएको हाे । यस विद्यालयको सेवाक्षेत्रभित्र साबिक ढिकुरा गा बि स का वार्ड नं ५, ६, ७ साथै साबिक धनचाैर गा बि स का वार्ड नं १ र २ रहेकाे छ । नियमित सञ्चालन हुने पठनपाठनका क्रियाकलापहरुलाई प्रभावकारी बनाउन साथै साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरुलाई व्यवस्थित बनाउन बिद्यालयले आफ्नै आचारसंहिता बनाई विद्यार्थीलाई सक्रिय साथै अभिभावकलाई उत्तरदायी बनाउने प्रयत्न गरेकाे छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कबाट दक्षिण तर्फ १३ कि मि दुरीमा रहेकाे यस विद्यालय क्षेत्रकाे दक्षिण तर्फ सम्माे परेकाे डेभा गाउँ पश्चिम तर्फ छि्र्लिङ्ग खाेला र पूर्व तर्फ धनचाैर साथै उत्तर तर्फ मसिनाकाे लेक रहेकाे छ ।
यस विद्यालयकाे सेवाक्षेत्रभित्र मुख्य गरी दलित र जनजाती बस्तिकाे बाहुल्यता रहेकाेले शिक्षाकाे मूल धारबाट पिछडिएका दलित तथा जनजातीहरुकाे शिक्षामा पहुँच पुग्नुका साथै समग्रमा साे विद्यालयकाे सेवाक्षेत्रकाे शैक्षिक स्तर उकासिने विश्वास लिइएकाे छ । अभिभावकहरुकाे शिक्षाप्रतिकाे चासाे र चिन्ता कम हुनु र शैक्षिक चेतना स्तर कम हुनाले शिक्षाकाे महत्वलाई अभिभावक एवम समुदायमा बुझाउन कठिन भएकाे छ ।